
जुम्लाको १ मात्र प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा ४ हजार ४४१ मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले २ हजार ६०० मत प्राप्त गरेका छन् ।
राति २ बजेसम्म भएको गणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सार्वजनिक गरेको मत परिमाणममा नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा कुँवरले १ हजार ५० मत पाएका छन् ।
एमालेका रतननाथ योगीले ४४७ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले ६५ मत प्राप्त गरेका छन् ।