२९ असार २०८३, सोमबार

सुर्खेत-२ मा कांग्रेसका थानीको अग्रता कायमै

सुर्खेत-२ मा कांग्रेसका थानीको अग्रता कायमै

सुर्खेत क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसका हृदयराम थानीले दुई हजार ४४२ मतका साथ अग्रता कायमै राखेका छन् । 

२५ हजार ३२१ मत गणना गर्दा थानीले ११ हजार ८८५ र उनका प्रतिस्पर्धी एमालेका अमृत बिसीले नौ हजार ४४३ मत प्राप्त गरेका छन् । 

थानी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । आइतबार सम्पन्न मतदानमा प्रतिनिधिसभामा यस क्षेत्रमा ७६ हजार ३५२ मत खसेको थियो ।

प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकासमेत यसै क्षेत्रमा पर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्