२४ असार २०८३, बुधबार

सुर्खेत–१ मा पुनः मतदान शुरू

सुर्खेत–१ मा पुनः मतदान शुरू

सुर्खेत–१ को सिम्ता गाउँपालिकास्थित सिम्ता बहुमुखी क्याम्पस केन्द्रमा आइतवार स्थगित मतदान पुनः शुरू भएको छ । 

निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालका अनुसार बिहान ७ बजेदेखि शुरू मतदानमा सहभागी हुन मतदाता उत्साहपूर्वक सहभागी भइरहेका छन् । उनले मतदानस्थलको वातावरण शान्तिपूर्ण रहेको बताए ।

आइतवार मतपत्र फरक पेटिकामा खसेपछि विवाद भएको थियो । मतदानस्थलमा ३ वटा केन्द्र छन् ।

मतदान सम्पन्न भएपछि राति १० बजेदेखि सुर्खेत–१ को मतगणना शुरू गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांगे्रसका उपसभापति पूर्णबहादुर खड्का र एमालेका धु्रवकुमार शाही मुख्य प्रतिस्पर्धामा छन् । शाही निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् ।

salt training

कमेन्ट गर्नुहोस्