
धनुषा-१ मा जनता समाजवादी पार्टीका दीपक कुमार कार्कीको अग्रता कायमै छ ।
उनले एक हजार २३९ मत ल्याएका छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मनोज मल्ल ठकुरीले पछ्याइरहेका छन् ।
ठकुरीले एक हजार १२५ मत ल्याएका छन् । त्यसै गरी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद यादवले ९८२ मत ल्याएका छन् ।
जनमत पार्टीका उम्मेदवार किशोरी साह कमलले ८२६ मत ल्याएका छन् ।