११ साउन २०८३, सोमबार

जुम्ला प्रदेशसभा-१ मा कांग्रेसका प्रदेश सभापति ८४६ मतले पछाडि

जुम्ला प्रदेशसभा-१ मा कांग्रेसका प्रदेश सभापति ८४६ मतले पछाडि

नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले चुनौती दिइरहेका छन् । 

जुम्ला प्रदेशसभा क्षेत्र (१) बाट कांग्रेसबाट टिकट नपाएपछि उनले बागी उम्मेदवारी दिएका थिए । यस प्रदेशको सात हजार ६४१ मत गन्दा देवेन्द्रले ललितजंगलाई ८४६ मतान्तरले पछि पारेका छन् ।

देवेन्द्रले दुई हजार ९४४ मत प्राप्त गर्दा ललितजंगले दुई हजार ९८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका धिरेन्द्रराज गिरीले एक हजार ७८५, नेमकिपाका राजेश्वर देवकोटा २२४ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्