१८ असार २०८३, बिहीबार

भोजपुर अपडेट :  सुदनको अग्रता

भोजपुर अपडेट :  सुदनको अग्रता

भोजपुरको प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा गठबन्धनका साझा उम्मेदवार सुदन किरातीले अग्रता लिएका छन् । 

हालसम्म तीन हजार १२४ मत गणना हुँदा उनले एक हजार ५४१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार शेरधन राईले एक हजार ८५ मत प्राप्त गरेका छन् । 

भोजपुर प्रदेशसभा ९१० मा गठबन्धनका साझा उम्मेदवार राजेन्द्रकुमार राईले ७०६ मतले अघि  देखिएका छन् । 

तीन हजार ९२८ मत गनिसक्दा राई दुई हजार ४४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरिबहादुर राईले एक हजार ३३८ मत प्राप्त गरेका छन् । 

जिल्लामा एक लाख २३ हजार ३७९ कूल मतदाता रहेकोमा ६२ हजार १८२ मत खसेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्