०८ साउन २०८३, शुक्रबार

लक्ष्मी इन्टरकन्टिनेन्टल र ग्लोबल आईएमई बैंकबीच वित्तीय विस्तारको समझदारी

लक्ष्मी इन्टरकन्टिनेन्टल र ग्लोबल आईएमई बैंकबीच वित्तीय विस्तारको समझदारी

नेपालका लागि हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्लोबल आईएमई बैंक लिमिटेडसँग आफ्नो इलेक्ट्रिक भेहिकल (ईभी) का लागि वित्तीय सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । 

ग्लोबल आईएमई बैंक लिमिटेडका साना तथा मझौला ऋण विभागका प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौतापछि ग्राहकले आफ्ना हुन्डाई ईभीहरू ग्लोबल आईएमई बैंकमार्फत १२.९९% ब्याज दरमा फाइनान्स गर्न सक्नेछन् । यो योजनाअन्तर्गत खरिद गरिएका सवारीसाधन ३ दिनभित्रमा उपलब्ध गराइनेछ । 

ग्लोबल आईएमई बैंक लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेडसँगको मर्जर पूरा गरेपछि चुक्ता पुँजीको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ । यसरी २ पक्षबीच भएको सम्झौताले हुन्डाईका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

ग्राहकहरूले ग्लोबल आईएमईको कुनै पनि शाखा वा हुन्डाईका देशभर रहेका १७ वटा शोरुममा गएर सम्बन्धित विभागमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन सक्नेछन् । हुन्डाईको केओएनए र आईओएनआईक्यू छ । नेपालमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारीमा पर्छन् । यो सम्झौतासँगै ग्राहकहरूले दुवै विकल्पहरू सजिलै खरिद गर्न सक्नेछन् ।

हुन्डाई मोटर कम्पनीले दीगो विकासको लागि गरेको प्रतिबद्धतासँग हुन्डाई नेपालले ऐक्यबद्धता जनाउँदै आफ्नो ‘बी (भी) द च्यालेन्ज’ अन्तर्गत विभिन्न सामाजिक–आर्थिक योजनाहरू अगाडि बढाएको छ । 

ग्लोबल आईएमई बैंकसँग भएको यो समझदारीले पनि देशैभरका विद्युतीय सवारी प्रेमीहरूलाई सवारीसाधन खरिद गर्न प्रोत्साहन गर्दै दीगो भविष्यको लक्ष्यमा अगाडि बढ्न सघाउने आशा गरिएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्