
कैलाली क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अघि बढेका छन् ।
पछिल्लो ५५ हजार ४०२ मतगणना भएको छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गङ्गाराम चौधरीको २० हजार २३४ मत पाएर अघि बढेका हुन् ।
नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीको १४ हजार ९४६, नेकपा एमालेका उम्मेदवार गौरीशङ्कर चौधरीको ६ हजार २६९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको ६ हजार ६९२ मत पाएका छन् ।
यहाँ तीन हजार ५५० मत बदर भएका छन् ।