०७ साउन २०८३, बिहीबार

मोरङका दुई क्षेत्रमा एमाले अगाडि

मोरङका दुई क्षेत्रमा एमाले अगाडि

मोरङमा २ निर्वाचन क्षेत्रमा एमाले अग्रता लिएको छ भने ३ वटा क्षेत्रमा सत्तागठबन्धन अगाडि देखिएको छ । एक क्षेत्रमा भने एमालेका बागी उम्मेदवारले अग्रता कायम गरिरहेका छन् । 

मंगलवार दिउँसो १२ बजेसम्मको परिणामअनुसार क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडाले अग्रता कायम गरिरहेका छन् । २ मा एमालेकै ऋषिकेश पोख्रेलले अग्रता कायम गरिरहेका छन् । ३ का कांग्रेसका सुनिल शर्मा फराकिलो मतअन्तरसहित अग्रता गरिरहेका छन् । ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले अग्रता कायम गरिहेका छन् । 

५ मा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले अग्रता कायम गरेका छन् । ६ नम्बर मा काग्रेसका डा. शेखर कोइरालाले अग्रता कायम गरिहेका छन् ।

यस्तो छ परिणाम

मोरङ १
घनश्याम खतिवडा (एमाले) २७४१
डिगबहादुर लिम्बु (कांग्रेस) २०३२

मोरङ २
ऋषिकेश पोखरेल (एमाले) २७००
सुजाता कोइराला (कांग्रेस) २३२८

मोरङ ३
सुनिलकुमार शर्मा (कांग्रेस) ३१३२
भानुभक्त ढकाल (एमाले) १५७३

मोरङ ४
अमनलाल मोदी (माओवादी केन्द्र) ७१९९
विनोदप्रसाद ढकाल (एमाले) ४९६७

मोरङ ५
योगेन्द्र मण्डल (स्वतन्त्र) ४१२२
राजकुमार यादव (जसपा) ३६५५
शिवकुमार मण्डल (माओवादी केन्द्र) ३५९०

मोरङ ६
डा. शेखर कोइराला (कांग्रेस) २७८५
लालबावु पण्डित (एमाले) २३८०
 

salt training

कमेन्ट गर्नुहोस्