२९ असार २०८३, सोमबार

मलेसियामा नेपालीसहित २९० प्रवासी प्रहरी नियन्त्रणमा

कात्तिक २०, २०७४
मलेसियामा नेपालीसहित २९० प्रवासी प्रहरी नियन्त्रणमा

क्वालालमपुर, २७ साउन– मलेसियाको प्रहरीले आतङ्काबादी विरुद्धको पछिल्लो सुरक्षा कारबाहीका क्रममा २९० जना भन्दा बढी प्रवासीलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका मध्ये कोही पनि आतङ्कवादीहरूको सम्पर्क व्यक्तिहरू नभएको स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएका छन् ।

पक्राउ पर्नेमा विषेश गरेर नेपाल, यमन, पाकिस्तान, सिरिया, बङ्लादेश, भारत, प्यालेस्टाईन र सुडानका रहेका अधिकारीहरूले बताएका छन् ।

प्रहरीले ‘डिजिटल हव’को रुपमा चिनिने साईबरजयामा बुधबार रातीदेखि बिहीबार अबेरसम्म सुरक्षा कारबाही चलाएको मलेसियाको सरकारी समाचार संस्था बेर्नामाले जनाएको छ ।

एक जना उच्च प्रहरी अधिकारीले उनीहरूलाई प्रहरी मुख्यालयमा लगेर अनुसन्धान गरिएको र कसैको पनि कुनै आतङ्कबादी समूहसँग सम्पर्क भएको नदेखिएको जानकारी दिएका छन् । उनीहरू मध्ये ५७ जनासँग मलेसिया बस्ने बैध अनुमतिपत्र नभएको पाइएको छ ।

यसै महिनाको अन्त्यतिर मलेसियामा २९औं दक्षिण एसियाली खेलकुँद प्रतियोगिता हुन लागेकाले सुरक्षा व्यवस्था कडा बनाइएको सुरक्षा अधिकारीहरूको भनाई छ ।

आतङ्बादी विरुद्धको सुरक्षा सतर्कता अप्नाउने क्रममा पछिल्ला केही दिनमा मात्रै झण्डै ४०० जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्