
काठमाडौं–५ बाट नेपाली कांग्रेसका प्रदीप पौडेल प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । पौडेलले ५ हजार ६५ मतान्तरसहित विजयी भएका हुन् ।
मतणनाको अन्तिम नतिजाअनुसार, पौडेलले १५ हजार २३७ मत पाएका छन् ।
त्यसैगरी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १० हजार ६५ मत प्राप्त गरेका छन् ।
यसअघि पोखरेलले काठमाडौं–५ बाट चुनाव जित्दै आएका थिए ।