
अनुहारलाई सुन्दर बनाइराख्न तपाईले धेरैथोक गर्नुभएको होला । अनुहारको ग्लोइङ बचाउनका लागि तपाईले मुलतानी मिट्टी (माटो) देखि चन्दनबाट बनेको फेस प्याक पनि प्रयोग गर्नुभएको होला । यदि त्यसबाट पनि अपेक्षित परिणाम नपाएर निराश हुनुहुन्छ भने तपाईका लागि खुसीको खबर हुन सक्छ कि इमलीले तपाईको समस्या समाधान गर्न सक्छ ।
स्वादका हिसावले अमिलो र मीठो हुने इमली तपाईको अनुहारको सुन्दरता बचाइराख्ने एक अचुक औषधि हुन सक्छ । भिटामिन ‘सी’ले भरपूर इमलीले तपाईको स्किनमा निखार ल्याउनुका साथै डल स्किनबाट पनि छुटकरा दिलाउने छ ।
घरमै बनाउनुहोस् इमली स्क्रब
इमलीलाई उम्लिरहेको पानीमा भिजाएर त्यसको पल्प (घोल) बनाउनुहोस् । ध्यान राख्नुहोस्, पल्प बनाउने समयमा इम्लीका दाना निकालेर छुट्टै राख्नुहोला । त्यसपछि पल्पमा बराबर मात्रामा रक साल्ट (बिरे नुन) राम्रो तरिकाले मिलाउनुहोस् । त्यसपछि उक्त घोल एक पेस्ट बन्ने छ ।
उक्त पेस्टलाई अनुहारमा सर्कुलेशन मोशनमा लगाउनुहोस् । त्यसलाई सुक्न दिएर चिसो पानीले धुनुहोस् । यस्तो गर्नाले तपाईको अनुहारको डेड स्किन (मरेको छाला) हट्ने छ भने अनुहार बेदाग बन्ने छ ।