३० जेठ २०८३, शनिबार
आम निर्वाचन

समानुपातिकतर्फको मतगणनामा एमालेलाई पछ्याउँदै कांग्रेस, जसपाले १ लाख मत कटायो

समानुपातिकतर्फको मतगणनामा एमालेलाई पछ्याउँदै कांग्रेस, जसपाले १ लाख मत कटायो

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पनि एक लाख मत कटाएको छ । जसपाले बिहीबार राति ११ बजेसम्ममा १ लाख ५ हजार मत प्राप्त गरेको हो । 
यस्तै समानुपातिकमा ७ लाख ८८ हजार मतका साथ एमाले शीर्ष स्थानमा छ भने कांग्रेसले निरन्तर पछ्याइरहेको छ । कांग्रेसलाई हालसम्म समानुपातिकमा ७ लाख ५७ हजार मत प्राप्त भएको छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३ लाख ७३ हजार, माओवादी केन्द्रलाई ३ लाख ५१ हजार र राप्रपालाई १ लाख ९९ हजार मत प्राप्त भएको छ । 
यसैगरी जमत पार्टीले ६२ हजार, नागरिक उन्मुक्ति पार्टीले ५९ हजार, नेमकिपाले ५३ हजार, नेकपा एकीकृत समाजवादी पार्टीले ५२ हजार र लोसपाले ४७ हजार मत पाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्