०२ साउन २०८३, शनिबार

पूर्व मुख्यमन्त्री शेरधन राईलाई पराजित, माओवादीका किराँती विजयी

पूर्व मुख्यमन्त्री शेरधन राईलाई पराजित, माओवादीका किराँती विजयी
फाइल फोटो

भोजपुरमा प्रदेश १ सरकारका पूर्व मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनले राईलाई २ हजार ३८५ मतान्तरले पराजित गरेका हुन् ।

किराँती तेस्रोपटक सांसदमा विजयी भएका हुन् । उनले २८ हजार ५७८ मत प्राप्त गरे भने एमालेका राईले २६ हजार १९३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

कूल १ लाख २३ हजार ३७९ मतदाता रहेकामा ६१ हजार ८३० जनाले मतदान गरेका थिए । ३ हजार १६८ मत बदर भएको थियो । भोजपुरमा प्रतिनिधि सभातर्फ १२, प्रदेशसभा (१) मा ७ तथा प्रदेशसभा (२) मा ६ उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए ।

भोजपुरमा प्रदेशसभा क्षेत्र (१) मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार एवं प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राई विजयी भएका छन् । उनले १६ हजार ११० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिबहादुर राईले १२ हजार २२३ मत ल्याएका छन् ।

प्रदेशसभा क्षेत्र (२) मा नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवा १३ हजार ५७९ मत ल्याउँदै विजयी बने । उनका प्रतिस्पर्धी एमालेका खड्गबहादुर कार्कीले १२ हजार ८३८ मत मात्र प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

समानुपातिक तर्फको मतगणना शुक्रवारदेखि थालिने मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्