२९ असार २०८३, सोमबार

कास्की–३(२) : ४६५ मतान्तरले कांग्रेसका बराल विजयी

कास्की–३(२) : ४६५ मतान्तरले कांग्रेसका बराल विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्कीको ३ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा सदस्य (२) बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बराल विजयी भएका छन् ।

गत आइतवार सम्पन्न निर्वाचनको शुक्रवार बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार कांग्रेसका नेता बराल १२ हजार ३६७ मत प्राप्त गरी गण्डकी प्रदेशसभामा निर्वाचित भएका छन् ।

उनका निकटतम् प्रतिद्धन्द्वी नेकपा एमालेका राजीव पहारीले ११ हजार ९०२ मत प्राप्त गरे । बराल र पहारीको मतान्तर ४६५ रहेको छ । पहारी विक्रम संवत् २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारीले २ हजार ५६०, मङ्गोल नेसनल अर्गनाइजेसनका मनतोष घलेले ४७२, जनता समाजवादीका गोरे दमैले २९५ र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका रामवृक्ष धोवीले ११७ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा ६ जना उम्मेदवार रहेका थिए ।

कास्की ३(२) मा कूल मतदाता ४८ हजार ८५३ रहेकामा निर्वाचनमा २८ हजार ७७९ मत खसेको थियो । १ हजार ६६ मत बदर हुँदा सदर मत २७ हजार ७१३ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्