
सर्लाहीको ३ नम्बर निर्वाचन क्षेत्रबाट नेकपा एमालेका हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहलाई ७७० मतान्तरले पराजित गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।
उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले ३२ हजार १६८ मत पाएका छन् ।