
गुल्मी–१ बाट कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन् ।
भण्डारीले ३३ हजार ७४४ मत ल्याएका छन । त्यस्तै, ज्ञवालीले ३२ हजार १५२ मत ल्याएका छन ।
अहिले भण्डारीले ज्ञवालीलाई १ हजार ५९२ मतले पराजित गरेका हुन् ।
२०७४ सालको निर्वाचनमा गुल्मी–१ मा ज्ञवाली निर्वाचित भएका थिए । त्यसबेला ज्ञवालीले करीब ७ हजार मतले भण्डारीलाई पराजित गरेका थिए ।