
गुल्मी–१ बाट प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस नेता चन्द्र भण्डारीसँग २–२ को बराबरी भएको प्रतिक्रिया दिएका छन् ।
ज्ञवालीलाई बधाई स्वरूप खादा लगाइदिँदै ज्ञवालीले भने, ‘विश्वकप फुटबल चलिरहेको छ २–२ को बराबरी भयो ।’
ज्ञवालीले त्यसोभन्दा कांग्रेस नेता चन्द्र भण्डारी भने मुस्कुराईरहेका थिए ।
संसदीय निर्वाचनमा गुल्मी–१ बाट ज्ञवाली र भण्डारीले २–२ पटक जीत र हारको अनुभव बटुलेका छन् ।
यस पटक भण्डारीले ३२ हजार २२७ मत ल्याएका छन् भने ज्ञवालीले ३० हजार ७३५ मत ल्याएका छन् ।