मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
मंसिर ९, २०७९
मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल, मिर्चाइमा सबै लागेका छन् । जुन ठाउँबाट नुन, तेल मिर्चाइ सुविधाजनक रूपले आउने हो त्यसतर्फ मतदाताहरू पनि लागेको देखियो ।
आन्दोलन त सधैं हुँदैन । कुनै एउटा आन्दोलनको ब्याज त सधैं खान सकिन्न नि ! जनता समाजवादी पार्टी वा लोकतान्त्रिक समाजवादी पार्टीको हार हुनु वा शक्ति क्षयीकरण हुनु आश्चर्यको कुरा होइन ।
जहाँसम्म सीके राउतको उदय भयो भन्ने कुरा आइरहेको छ, त्यसमा उदय त के भन्ने? एउटा व्यक्ति जो उहाँले पनि एउटा आन्दोलन गर्नुभएको थियो, त्यसको ब्याज पाउनुभएको छ । सीके राउतको उदयको रूपमा चित्रित गर्नु मेरो विचारमा अलि हतारो नै हुन्छ । तातेको ताबामा पानी राख्दा च्वाइँ गरेर जसरी आवाज आउँछ, त्यसैगरी च्वाइँ मात्र गरेको हो । यसमा केही भइरहेको छैन । ताबामा केही पाकिरहेको छैन । सीके राउतको कुनै कार्यक्रम मैले जानेको छैन । उहाँको पार्टीको संगठन पनि पूरा हुन सकेको छैन । कुन उद्देश्यले उहाँले राजनीति शुरू गर्नुभयो र कुन उद्देश्यले उहाँ चुनावमा जानुभयो त्यसमा केही पनि स्पष्ट छैन । त्यसैले अहिले नै उहाँको उदय भयो भनेर कसरी भन्न सकिन्छ?
जहाँसम्म मधेशको मुद्दाको प्रश्न हो त्यो कमजोर भएको छैन । मुद्दा कहिल्यै कमजोर हुँदैन । मुद्दा बोकेर हिँड्ने मान्छे कुनै बेला काँध थाकेपछि केही दिन ऊ निश्चिन्त जस्तो बस्छ । पछि फेरि अर्को कसैले बोक्छ । मधेशको मुद्दा आज मात्र आएको होइन नि ! यो मुद्दा त लगभग ७० वर्षदेखि छ । चुनावमा कोही हार्दैमा वा जित्दैमा मुद्दा कमजोर हुन्छ भन्ने कुरा हुँदैन । त्यसै पनि सद्भावना पार्टीले त जम्मा ४ कि कति सीट मात्र जितेको थियो । तर, सदभावना पार्टीले उठाएको मुद्दा त कहिल्यै कमजोर भएन नि ! त्यसैले मधेशीको चाहनाको उचित सम्बोधन नहुञ्जेलसम्म मुद्दा त रहिरहन्छ ।
रह्यो कुरा त्यो मुद्दा अब उठाउने कसले ? बोक्ने कसले? त्यसमा दुईवटा दृष्टि हुन्छ । शास्त्रमा दुईवटा सर्प दृष्टि र गरुड दृष्टिको कुरा छ । सर्प दृष्टि भनेको सर्पले आफ्नो अगाडि, सामुन्ने रहेको कुरा मात्र देख्छ । गरुडले भने धेरै परसम्मको देख्छ ।
अहिले नै सीके राउतको जसरी चर्चा गरिएको छ, केही वर्ष अघिसम्म कसले जानेको थियो र ? उपेन्द्र यादवकै विषयमा कुरा गर्ने हो भने मधेश आन्दोलनअघि उहाँलाई कसले चिनेको थियो ? कसैले पनि चिनेको थिएन । त्यतिबेला त मधेशको ठूलो नेता सदभावनाका भरत विमल यादव, हृदयेश त्रिपाठी हुनुहुन्थ्यो । तर, उहाँहरू अहिले कहाँ हुनुहुन्छ ? अहिले उहाँहरू त हराउनु भयो नि ! त्यसैले कोही थाक्छन्, कोही थला पर्छन् र अर्को कोही आउने गर्छन् । त्यसैले अहिले मधेशका जनता हडबडाउनु हुँदैन ।
उपेन्द्रजी संसदमा पराजित भएपछि के गर्ने त जुन प्रश्न छ, त्यसमा मेरो विचारले अब उहाँले आफ्नो संगठनको काममा बढी ध्यान पुर्याउनुपर्छ जस्तो लाग्छ । उहाँको संगठन धेरै कमजोर भइसकेको छ । जातिवादकै राजनीति गरेर धेरै अघिसम्म जान सकिंदैन भन्ने कुरा त भारतको बिहार र उत्तर प्रदेश प्रान्तमै पनि देखा परिसकेको छ । सबैलाई समेटेर लग्नसक्ने, व्यवस्थित गरेर लाने खुबी उहाँमा देखिएन । उहाँमा अलिकति दम्भ त आइसकेको थियो । अर्को कुरा उहाँले आफूलाई राष्ट्रिय पार्टी बनाउने चक्करमा मधेशलाई छाडिसक्नुभएको थियो । जे भए पनि उहाँको दल त मधेशमा आश्रित दल नै त हो नि ! उहाँले राष्ट्रिय पार्टी बनाउने र राष्ट्रिय नेता बन्ने प्रयास गरेपनि पहाडबाट उहाँलाई कति भोट आएको छ त ? कति आउने गर्छ त ? त्यसैले उहाँले अब मधेशमा बढी ध्यान दिनुपर्छ ।
दोस्रो कुरा उहाँले जनसम्पर्क पनि बढाउनु पर्छ । सबैभन्दा अलग-थलग भएर जसरी बस्नुहुन्छ, त्यो ठीक होइन । उहाँ जुन लेभलको नेता हो त्यो लेभेलका नेता अलगथलग बस्नु ठीक होइन । उहाँ बुद्धिजीवी होइन नि ! उहाँ राजनीतिकर्मी हुनुहुन्छ । उहाँको ओहोदा त जनताबाट हुने हो नि ! उहाँ आफैं बुद्धिमान मानिस हुनुहुन्छ । केही दिन विचार गरेर आफ्नो बाटो आफैं खोज्न सक्ने सक्षम व्यक्ति पनि हुनुहुन्छ ।
जहाँसम्म लोकतान्त्रिक समाजवादी पार्टी वा महन्थ ठाकुरजीको हो, त्यसमा त एकै किसिमका मानिसहरू वा नेताहरू त हुनुहुन्न नि ! उहाँको पार्टीमा धेरै फरक-फरक किमिमका मानिसहरू छन् । वास्तवमा भन्ने हो भने त उहाँको त अहिले पार्टी नै बन्न सकेको छैन । सबैजना आ-आफैं 'इन्डिपेन्डेन्ट' भएर लडिरहनुभएको छ नि त । महन्थ ठाकुर र उपेन्द्र यादवबीच तुलना यसकारण पनि ठीक हुँदैन, किनभने उपेन्द्र यादवजीको कमसेकम एउटा पार्टी त छ । तर, महन्थजीको पार्टीले अहिलेसम्म पार्टीको स्वरूप नै ग्रहण गर्न सकेको छैन । समस्या त्यही हो ।
महन्थ ठाकुर र उपेन्द्र यादवबीच अब एकता वा सहकार्यको सम्भावना मैले देखिरहेको छैन । एकता वा सहकार्य भएर पनि के हुन्छ त ? सहकार्य तब होस्, जब एक र एक मिलेर एघार होस् । वा एक र एक मिलेर दुई हुने । एक र एक मिलेर शून्य हुने अवस्था आउँदा त्यसले बढी फाइदा हुँदैन । यसअघि पनि सहकार्य हुँदा एक र एक मिलेर दुई मात्र भएको थियो, एघार भएको थिएन । पहिले दुवैबीच मन मिल्नु आवश्यक छ । तर, त्यो त सम्भव देख्दिनँ । दुवै पार्टीको पृष्ठभूमि नै फरक छ । विचारधारा नै फरक छ । राजनीतिक सोच, व्यवहार अलग छ ।
उपेन्द्रजी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक प्रणाली, संसदीय व्यवस्थालाई नै इन्कार गर्ने कुरा गर्नुहुन्छ । अर्कातर्फ महन्थ ठाकुरजी बहुराष्ट्रिय राज्यमा संसदीय व्यवस्था नै सबैभन्दा उपयुक्त छ भन्ने सोच्नुहुन्छ । त्यसैले ती दुवै बीच 'फन्डामेन्टल' अर्थात मूलभूत कुरामै भिन्नता छ । मूलभूत कुरामै मतभेद भएपछि त गाह्रो हुन्छ । पार्टनरशिपमा व्यवसाय सञ्चालन गरेजस्तो त होइन नि राजनीति । त्यसैले एकता वा सहकार्य महत्त्वपूर्ण प्रश्न होइन ।
चुनावमा हार्दैमा उहाँहरूको भूमिका अब कमजोर हुन्छ भन्ने हुँदैन । नेपाली कांग्रेस त ३० वर्षसम्म चुनाव नै लडेन, तर उसको भूमिका कमजोर भयो भन्न सकिन्न नि ! मुख्य कुरा मुद्दालाई कति हदसम्म समातेर बोक्न सकिन्छ, त्यसमा निर्भर हुन्छ ।
राजनीतिको मतलब चुनाव जित्ने, सांसद बन्ने, मन्त्री बन्ने, आफ्नो क्षेत्रमा योजना लाने, आफूसहित आफ्ना नातागोता, आफन्तलाई पैसा कमाउन अवसर दिने मात्र हो भन्ने सतही सोचाइ हामीमा पनि भयो । राजनीति त त्यो होइन नि !
गत चुनावमा ठाकुरजी र उपेन्द्रजी एक आपसमा गठबन्धन गरेर चुनाव लड्दा फाइदा भएको थियो र यसपटक फरक–फरक गठबन्धनका कारण दुवै पार्टीलाई क्षति भयो भन्ने कुरा मेरो विचारमा सही होइन । राजनीतिको अर्थ सरकार बनाएर मन्त्री बन्नु मात्र होइन नि ! केका लागि राजनीति गरिरहेको हो, त्यो मुद्दालाई कति अगाडि बढाउनुभयो त्यो मुख्य कुरा हो ।
उहाँहरू दुवैले एकआपसमा सहकार्य गर्दा एक र एक शून्य बन्नुभयो, एघार बन्नु भएन । त्यसैले राजनीतिको मापन गर्ने दृष्टि नै बदलेर हेर्नुपर्छ । चस्मा नै फेर्नुपर्यो । सरकारमा जानु नै राजनीतिक सफलता हुँदैन ।
पछिल्लो १५ वर्षदेखि खोजी भइरहेको विकल्प सीके राउत त हुँदै होइन । म त कम से कम देखिरहेको छैन । सबैको आ-आफ्नै दृष्टि हुन्छ । मेरो विचारमा उहाँ मधेशमा नयाँ विकल्प बन्नुभएको छैन, किनभने उहाँमा स्पष्टता नै छैन ।
सीके राउतले पनि राजनीतिको अर्थ सत्तामा पुग्नु मात्र हुन्छ भन्ने त्यही चस्माले हेरिरहनुभएको छ । त्यसले उहाँलाई त व्यक्तिगत रूपमा पक्कै पनि फाइदा नै होला ।
हुनसक्छ, उहाँ सत्ताप्राप्तिको राजनीतिमा धेरै अगाडिसम्म जानसक्नु हुन्छ । सत्तामा गएपछि हुनसक्छ, उहाँको पार्टीको केही हदसम्म विस्तार भएर आकार पनि बढ्ला । तर, मधेशको मुद्दालाई अगाडि लान सक्ने कुरा 'अबाउट टर्न १८० डिग्री चेन्ज' गर्ने मानसिबाट समान्यतया अघि बढ्दैन ।
(राजनीतिक विश्लेषक सीके लालसँग लोकान्तरका लागि अजय अनुरागीले गरेको कुराकानीमा आधारित)
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...