
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (ग्रेड वृद्धि) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । बोर्डले गत भदौ ३० र ३१ मा लिएको ग्रेड वृद्धि परीक्षाको परीक्षाफल शुक्रवार प्रकाशन गरेको हो ।
बोर्डका अनुसार पूरक परीक्षामा कुल १ लाख २६ हजार ६५३ परीक्षार्थी सहभागी भएका थिए । त्यसमध्ये ९२ हजार ४४ जनाले ग्रेड प्राप्त गरेका छन् । ३४ हजार ६०९ जना परीक्षार्थीले ग्रेड प्राप्त गर्न नसकेको बोर्डले जनाएको छ ।
६ जनाको परीक्षा रद्ध गरिएको बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।