
नुवाकोटको २ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् ।
सत्तारुढ ५ दलीय लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारको रूपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार १०७ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।
निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ र नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मत ल्याए ।
यसअघि विक्रम संवत् २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग १० हजार मतान्तरले पराजित भएका केसी यसपटक खतिवडाभन्दा १२ हजार ५६४ मतान्तरले निर्वाचित भएका हुन् ।
मंसिर ४ गते भएको निर्वाचनमा खसेको कूल ७७ हजार ४ मतको शनिवार बिहान सम्पन्न गणनाको नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झनक प्याकुरेलले १ हजार ५७१ मत ल्याएका छन् भने चुनावी प्रतिस्पर्धामा ३ स्वतन्त्रसहित ११ मध्ये अन्य उम्मेदवारको मत १ हजारभन्दा कम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । निर्वाचन क्षेत्रको प्रदेशसभा क्षेत्र (२) को गणना जारी छ ।