इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले निरन्तर अग्रता बनाइरहेका छन् । तर, कांग्रेसका डम्बर बहादुर खड्कासँग नेम्वाङको मतान्तर भने झिनो रहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेम्वाङले २६ हजार २४४ मत प्राप्त गर्दा खड्काले २५ हजार ७१० मत प्राप्त गरेका छन् ।
इलाम दुईमा यी दुई उम्मेदवार बीचको मतान्तर कम रहेकाले नतिजा कस्तो आउला भन्ने चासो बढेको छ । इलाम २ मा हालसम्म ६० हजार मत गणना सकिएको छ।