०५ साउन २०८३, मंगलबार

फराकिलो मतान्तरले पराजित भए भानुभक्त ढकाल, सुनिल शर्मा विजयी

मंसिर १०, २०७९
फराकिलो मतान्तरले पराजित भए भानुभक्त ढकाल, सुनिल शर्मा विजयी
फाइल फोटो

मोरङको ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा विजयी भएका छन् ।

उनी एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

सुनिल शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् भने ढकालले २५ हजार ८९५ मत ल्याएका छन् । रेखा थापाले १० हजार ९८८ मत ल्याएकी छन् । २२ हजार ७३६ मतान्तरले शर्माले ढकाललाई पराजित गरेका छन् ।

प्रदेश सभातर्फ ३(१) मा कांग्रेसका मानबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले १९ हजार ७४९ मत ल्याएका छन् भने एमालेका दिलिप राईले १४ हजार ८१७ मत मात्रै ल्याएका छन् । 

मोरङको ३(२) मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका छन् । उनी एकीकृत समावादीका लक्ष्मीकुमार श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका हुन् । सुवेदीले १७ हजार ७२८ मत ल्याएर विजयी बन्दा श्रेष्ठले १५ हजार ३५८ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्