२८ जेठ २०८३, बिहीबार

विश्वकप फूटबलमा आज ४ खेल हुँदै

मंसिर १०, २०७९
विश्वकप फूटबलमा आज ४ खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत शनिवार ४ खेल हुँदैछन् ।

विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’का समान २/२ खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’मा रहेको ट्युनिसिया र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे शुरू हुनेछ । 

दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे शुरू हुनेछ ।

तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे शुरू हुनेछ । शनिवारै हुने अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ ।

समूह ‘सी’मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे शुरू हुनेछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

यसैगरी शनिवार बिहान सम्पन्न खेलमा इंग्ल्यान्ड र अमेरिकाले बराबरी खेल्दै अंक बाँडेका छन् । कतारको अल बायत स्टेडियममा भएको खेलमा इंग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् ।

बराबरीसँगै इंग्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेका छन् । समूह ‘बी’मा रहेको इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ भने अमेरिकाले २ खेलमा २ अंक जोडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्