२७ जेठ २०८३, बुधबार

रुपन्देही-३ मा गृहमन्त्री खाँण १८३९ मतले पछाडि

मंसिर १०, २०७९
रुपन्देही-३ मा गृहमन्त्री खाँण १८३९ मतले पछाडि

रुपन्देही क्षेत्र नम्बर-३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई एक हजार ८३९ मतान्तरले पछाडि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।  

सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले ३१ हजार ६ मत प्राप्त गर्दा राप्रपाका वरिष्ठ नेता दीपक बोहराले ३२ हजार ८४५ मत प्राप्त गरेका छन् । 

अब सियारी गाउँपालिकाको वडा नम्बर  २, ३ र ६ को नौ हजार २०० मत गणना गर्न बाँकी छ । हालसम्म ८४ हजार ७४ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्