२७ जेठ २०८३, बुधबार
प्रतिनिधिसभा निर्वाचन

समानुपातिक मत : ५ दलले थ्रेसहोल्ड कटाउँदा जसपा नजिक पुग्दै, अन्य दलको के छ अवस्था ?

मंसिर १०, २०७९
समानुपातिक मत : ५ दलले थ्रेसहोल्ड कटाउँदा जसपा नजिक पुग्दै, अन्य दलको के छ अवस्था ?

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ ।

प्रत्यक्षतर्फ १६५ मध्ये १ सय ४७ स्थानको नतिजा आइसक्दा समानुपातिकतर्फको मतगणना भने झण्डै आधाआधी मात्र भएको छ ।

बिहान ११ बजेसम्ममा नेकपा एमाले १८ लाख २२ हजार ४४४ मत ल्याएर शीर्ष स्थानमा छ ।

कांग्रेसले १७ लाख ५८ हजार ८६२ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ७ लाख ९१ हजार ५७० मत ल्याएर तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको माओवादी केन्द्रले ७ लाख ७३ हजार ३३२ र पाँचौं स्थानको राप्रपाले ४ लाख ५ हजार १२७ मत पाएका छन् ।

यी पाँच दलले थ्रेसहोल्ड पार गर्ने पक्का भएको छ । जनता समाजवादी पार्टी जसपा २ लाख १७ हजार ८७३ मत पाएर थ्रेसहोल्डको सीमा नजिक पुग्न लागेको छ भने नेकपा एकीकृत समाजवादीले १ लाख ६५ हजार मत पाएको छ।

नागरिक उन्मुक्ति पार्टीले १ लाख ५९ हजार जनमत पार्टीले १ लाख ४९ हजार मत पाएका छन् । लोसपाले भने एक लाख मत पनि पुर्‍याउन सकेको छैन । 

कुल मतको ३ प्रतिशत सीमा पार गर्ने दलले मात्र समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउँछन् । त्यसका लागि करीब ३ लाखको हाराहारीमा मत ल्याउनुपर्ने देखिन्छ ।

हेर्नुहोस्, मत :

salt training

कमेन्ट गर्नुहोस्