
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
उनले निर्वाचन भएको ३ दिन र निर्वाचित भएको ७ दिनमा ११ लाख ८१ हजार ४७२ रुपैयाँ खर्च भएको जानकारी दिएका हुन् ।
उनले आफ्नो संसदीय कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार र उपहार ग्रहण नगर्ने घोषणा गरेका छन् । साथै उद्घाटन, आसनग्रहण तथा भाषणहरूमा आफू सहभागी नभई आफ्ना प्रतिनिधि पठाउने उल्लेख गरेका छन् ।
त्यस्तै, प्रतिनिधिसभा सदस्यको शपथग्रहण गर्नु अघिनै चुनावी खर्चको पूर्णविवरण तथा सम्पत्ति विवरण सार्वजनिक गर्ने जनाएका छन् ।