
नामिवियाले टस जितेर अमेरिकालाई ब्याटिङको निम्तो दिएको छ ।
नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को ११४औं म्याचमा घरेलु टोली नामिवियाले फिल्डिङ रोजेको हो ।
यसअघि गत आइतबार सम्पन्न दुई टिमबीचको खेलमा अमेरिकाले सानदार जीत निकालेको थियो । अमेरिकाले नामिवियालाई ७१ रनले पराजित गरेको थियो ।
लिग डिभिजन-२ मा सर्वाधिक ३६ खेल खेलेको ओमान शीर्षस्थानमा छ भने अमेरिका चौथो र नामिविया पाँचौं स्थानमा छ ।