माघ १६, २०७९
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सहकारी क्षेत्रको वित्तीय व्यवस्थापनका विषयमा कुराकानी भएको छ । सोमवार प्रमुख शाहको कार्यकक्ष...
कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई/दुई निर्वाचन र अन्य आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम छन् । सबै क्षेत्रको निर्वाचन प्रक्रिया अन्तर्गत मतगणना सम्पन्न भइसकेको छ ।
मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा देशैभरि झैं कर्णालीमा लोकतान्त्रिक वाम–गठबन्धन र नेकपा एमालेबीच नै प्रतिस्पर्धा भयो । यो चुनावमा केही जिल्लामा राप्रपाले आफ्नो विगत फर्काउन सफल भयो ।
पाँच वर्षअघि विसं २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीचको तालमेल भएको थियो । निर्वाचनमा एमाले र माओवादीको तालमेलका कारण कर्णालीका निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस ‘क्लिस्वीप’ भएको थियो । तत्कालीन अवस्थामा प्रदेशसभामा हालका मुख्यमन्त्री जीवबहादुर शाही मात्र प्रत्यक्षबाट निर्वाचित भएका थिए ।
प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गतेको नतिजा भने विगतकै जस्तो तर ठिक उल्टो आएको छ । यस पटकको निर्वाचनबाट पाँच वर्षअघि माओवादी केन्द्रसँग तालमेल गरेको एमाले सिङ्गो कर्णालीबाट ‘क्लिस्वीप’ हुँदा कांग्रेस भने माथि उठेको छ । माओवादी केन्द्रले जुम्ला, हुम्ला, कालिकोट, जाजरकोट र रुकुमपश्चिम जितेको छ ।
नेपाली कांग्रेसले मुगु, दैलेख क्षेत्र नं २ र सुर्खेत क्षेत्र नं १ र २ मा विजय हासिल गरिसकेको छ । नेकपा एकीकृत समाजवादीले डोल्पा, दैलेख क्षेत्र नं १ र सल्यानमा आफ्नो जित हात पारिसकेको छ । एमालेले भने कर्णालीका १० जिल्लामा रहेका १२ निर्वाचन क्षेत्र मध्ये कतै पनि जीत हात पार्न नसक्दा शून्यमा झर्नुपरेको छ ।
जुम्लामा राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले २२ हजार ८१९ मत प्राप्त गर्दा गठबन्धन दलका उम्मेदवार गोमा गौतम कुँवरले ११ हजार ९५९ मत प्राप्त गरे । यहाँ गठबन्धनको पराजय भएको छ । यसअघि नेकपा माओवादी केन्द्रका गजेन्द्रबहादुर महत सांसदमा निर्वाचित भएका थिए ।
सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन् । खड्काले ४२ हजार ६०७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवबहादुर शाहीले ३० हजार ९८८ मत प्राप्त गरे ।
सुर्खेत क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता हृदयराम थानीले नेकपा एमालेका अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पछि पार्दै ३४ हजार ६२५ मतले विजय भए ।
जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा शक्तिबहादुर बस्नेतले ३४ हजार १५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नीरजप्रसाद आचार्यले २५ हजार १२० मत प्राप्त गरे ।
रुकुमपश्चिममा नेकपा माओवादीका जनार्दन शर्माले ३९ हजार ५४९ मत ल्याउँदा नेकपा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६१ मत ल्याएर पराजित भए ।
सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले ३५ हजार ७०० मत ल्याएर विजय भए ।
त्यस्तै, दैलेख क्षेत्र नं १ बाट गठबन्धनका साझा उम्मेदवार अम्मरबहादुर थापाले १८ हजार २५६ मत ल्याएर विजयी भए । त्यस्तै दैलेख क्षेत्र नं २ मा गठबन्धनकै साझा उम्मेदवार नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले २० हजार १५८ मत ल्याएर विजय भए ।
नेकपा एमालेको गढ मानिएको दैलेखका दुवै क्षेत्रको विरासत यस पटकको लोकतान्त्रिक वाम–गठबन्धनले तोडिदिएको छ ।
कालीकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले २४ हजार ४७४ मत प्राप्त गरी विजय भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका नगिन्द्र शाहीले १६ हजार ४१० मत प्राप्त ल्याएर पराजित भए ।
डोल्पा गठबन्धनका साझा उम्मेदवार धनबहादुर बुढाले ११ हजार २९२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले पाँच हजार ५०५ मत प्राप्त गरी पराजित भए ।
हुम्लामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका छिरिङ डम्डुल लामा नेकपा (एमाले) का दल रावललाई चार हजार ८५५ मतान्तरले पछि पार्दै विजयी भए ।
मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर शाहीले नेकपा एमालेका राजबहादुर कार्कीलाई तीन हजार ९९४ मतान्तरले पछि पार्दै १४ हजार ७०२ मत ल्याएर विजयी भए ।
नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कर्णालीका अग्रगामी जनताको मतले अपेक्षित परिणाम प्राप्त भएको जनाए । नेकपा एमाले सुर्खेत क्षेत्र नं २ प्रदेश ९१० बाट निर्वाचित प्रदेशसभा सदस्य यामलाल कँडेलले गठबन्धनका नाममा एमालेमाथिको घेराबन्दीले कर्णालीमा एमालेका लागि अनपेक्षित नतिजा आएको प्रतिक्रिया दिए ।
एमालेभित्रको विभाजन र लोकतान्त्रिक वाम–गठबन्धनका कारण कर्णालीमा एमाले शून्य भएको राजनीतिक विश्लेषक पिताम्बर ढकाल बताउँछन् ।
निर्वाचन आयोग नेपालको सार्वजनिक तथ्याङ्क अनुसार हाल कर्णालीका १० जिल्लाको १० लाख ८५ हजार ४०३ मतदातामध्ये ६ लाख ६२ हजार ९५ ले मतदान गरेका थिए ।
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सहकारी क्षेत्रको वित्तीय व्यवस्थापनका विषयमा कुराकानी भएको छ । सोमवार प्रमुख शाहको कार्यकक्ष...
नेकपा माओवादी केन्द्रका पदाधिकाकारीहरूले गृहमन्त्री माओवादीले नै राख्नुपर्ने दबाब पार्टी बैठकमा दिएका छन् । स्वतन्त्र पार्टीका रवि लामिछानेको सांसद र मन्त्री पद बदर भएपछि गृहमन्त्री माओवादीले नै लिनुपर्ने गरी पा...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७ राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको हो भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन् । भरतपुरमा प्रेस युनियन चितवन शाखाले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपति...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमवार शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र...
नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ । देशको आर्थिक संकट र यसको समाधानका बारेमा एकीकृत समाजवादीले मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...