
रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र-३ अन्तर्गत प्रदेशसभा-२ मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी निर्वाचित भएको छ ।
नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र ढकालाई २०१ मतले पछि पार्दै चौधरी दोस्रो पटक प्रदेशसभा सदस्यमा विजय भएका मुख्य निर्वाचन अधिकृत रामकृष्ण कोइरालाले जानकारी दिए ।
एमालेका उम्मेदवार चौधरीले १६ हजार ३९४ मत प्राप्त गरे भने कांग्रेसका ढकालले १६ हजार १९३ मत ल्याए । रुपन्देही क्षेत्र नं-३ को प्रतिनिधिसभा सदस्यमा भने मतगणना जारी छ ।