×

NMB BANK
NIC ASIA

मन्त्रीहरू नै भारतबाट मल किन्दा कमिसन खान्छन् : प्रेम सुवाल

मंसिर १०, २०७९

NTC
Premier Steels

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानून निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताएका छन् । शनिवार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरूलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो दबाब स्वदेशमै राजगारी सिर्जना गर्ने कानून निर्माणमा रहने बताए । 

Muktinath Bank

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानून निर्माणमा आफू हरक्षण लागिरहने बताए । उनले देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताए । उनले सरकारका मन्त्रीहरू नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको आरोप लगाए । उनले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानून बनाउन आवाज उठाउने पनि प्रतिबद्धता जनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संसद् भनेको कानून बनाउने ठाउँ हो, यदी एउटा कानून राम्रो बनाउन सक्यौँ भने देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुन्छ । हाम्रै देशमा हाम्रो छोराछोरीलाई काम दिनुपर्छ भनेर कानून बनायौँ भने हाम्रा युवाहरू अहिले ७०/८० लाख विभिन्न देशमा सस्तो ज्यामीको रुपमा गइरहेका छन्, उनीहरू जानुपर्दैन । हाम्रै देशमा काम दिनुपर्छ भनेर कानून बनायौँ भने सबैले हाम्रै देशमा काम पाउँछन्’, सुवालले भने, ‘यस्तै आवाज हामीले संसदमा उठाउने हो । हामीले मल कारखाना हाम्रै देशमा खोल्नुपर्छ भनेका छौँ तर मन्त्रीहरू नै भारतसँग किन्ने र पैसा खाने गर्छन् । उनीहरूको काम नै त्यही हो । हाम्रै देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानून बनाउन आवाज उठाउनेछौँ ।’


Advertisment
Nabil box
Kumari

नेता सुवालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । सुवालले ४२ हजार ७१६ मत ल्याए भने प्रतिष्पर्धी गेलालले ११ हजार ९६८ मत मात्रै ल्याएका थिए । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १(२) मा नेपाल मजदुर किसान पार्टीकै सुरेन्द्रराज गेसाई विजयी भए भने १(१) बाट भने नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x