माघ १३, २०७९
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार पनि बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ । बिहीबार बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामय...
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ २ लाख मत कटाएको छ । ७९ लाख १५ हजार ७०२ मत गणना सकिँदा एकीकृत समाजवादी पार्टीले २ लाख ३३३ मत पाएको हो ।
यद्यपि एकीकृत समाजवादी पार्टीले थ्रेस होल्ड कटाउने–नकटाउने निश्चित छैन । शनिबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीलाई लक्षित गर्दै समानुपातिक मतमा गोलमाल हुन सक्ने संकेत गरेका थिए ।
‘ सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ। जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस्’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका थिए ।
मतगणनामा एमालेले २१ लाख ८४ हजार मत पाएको छ । यस्तै नेपाली कांग्रेसले २० लाख ९७ हजार तथा नेकपा माओवादी केन्द्रले ९ लाख २४ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ८८ हजार मत पाएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार पनि बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ । बिहीबार बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामय...
सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ । दलहरूबीच राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरूको सहमतिका बीच माओवादी केन्द्रको शुक्रबार ब...
सर्वोच्च अदालतबाट नागरिकता अवैध गएको ठहर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सबै सरकारी सुविधा छाडेका छन् । उनले राजीनामा दिएसँगै आजै सरकारी क्वार्टर पनि छाडेका हुन् । प्रधानमन्त्रीलाई र...
माओवादी स्थायी कमिटीका अधिकांश सदस्यहरूले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा मत राखेका छन् । जारी स्थायी कमिटी बैठकमा अधिकांशको मत राष्ट्रिय सहमति जुटाएर राष्ट्रपति चुनाव गरौं भन्ने रहेको जानकार...
सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनको समर्थनमा नाराबाजी शुरु भएको छ। सर्वोच्च परिसरमा उनका समर्थकहरूले नाराबाजी गरेका हुन्। उनीहरूले 'रवि दाइ हाइ...
सर्वोच्च अदालतले अनागरिक ठहर गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएका छन्। आजै साँझ सर्वोच्चको आदेशपछि उनले प्रधानमन्त्री कार्यालय गएर राजीनामा दिएका उनका स्वकीय सचिव प्रका...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...