०४ साउन २०८३, सोमबार
मतगणना

एकीकृत समाजवादीले कटायो समानुपातिकमा २ लाख मत

मंसिर १०, २०७९
एकीकृत समाजवादीले कटायो समानुपातिकमा २ लाख मत

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ २ लाख मत कटाएको छ । ७९ लाख १५ हजार ७०२ मत गणना सकिँदा एकीकृत समाजवादी पार्टीले २ लाख ३३३ मत पाएको हो । 
यद्यपि एकीकृत समाजवादी पार्टीले थ्रेस होल्ड कटाउने–नकटाउने निश्चित छैन । शनिबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीलाई लक्षित गर्दै समानुपातिक मतमा गोलमाल हुन सक्ने संकेत गरेका थिए । 

‘ सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ। जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस्’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका थिए । 

मतगणनामा एमालेले २१ लाख ८४ हजार मत पाएको छ । यस्तै नेपाली कांग्रेसले २० लाख ९७ हजार तथा नेकपा माओवादी केन्द्रले ९ लाख २४ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ८८ हजार मत पाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्