माघ १३, २०७९
नागरिकता मुद्दामा सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनी निर्वाचित चितवन निर्वाचन-२ मा उपनिर्वाचन हुने भएको छ। सर्वोच्च अदालतको आजको आदेशले उनको सां...
प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-२ बाट नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्य विजयी भएका छन् । प्रदेश नं १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका आचार्य ३२ हजार आठ मतको फराकिलो अन्तरले विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत ल्याए ।
विसं २०५१ यता एमालेबाट सुनसरीमा लगातार संसदीय निर्वाचन लडिरहेका भीम आचार्यले यसपटक क्षेत्र नं २ को टिकट लिएका थिए । सुनसरीको इनरुवा-६ (साविक मधेसा गाविस-९)का स्थायी बासिन्दासमेत रहेका आचार्यले विसं २०५१ र २०५६ मा सुनसरी-४ बाट संसदीय यात्रा गर्दा पराजय भोगेका थिए ।
विसं २०६४ र २०७० मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले विजय हासिल गरे । पहिलोपटक २०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी भएपछि आचार्य एमालेको प्रमुख सचेतक भएर पार्टीमा बलियो भए । दोस्रो संविधानसभामा पुगेपछि सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत भए।
त्यसपछि प्रदेश नं १ को मुख्यमन्त्री बन्न चाहेका आचार्य २०७४ सुनसरी–१ प्रदेशसभा २ बाट विजयी भए । तर संसदीय दलको नेताको निर्वाचनमा हार व्यहोरे ।
माधवकुमार नेपाल निकट मानिने आचार्य २०७८ भदौमा पार्टी विभाजन हुँदा भने एमालेमै बसेर पार्टी संरक्षणमा लागे । त्यसलगत्तै उनलाई पार्टीले मुख्यमन्त्री बनाएको थियो ।
विसं २०१६ मा धनकुटामा जन्मिएका आचार्य व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् ।
उनी विसं २०३२ देखि विद्यार्थी आन्दोलनमा लागे । विसं २०३९ मा अनेरास्ववियुको नेतृत्व तहमा पुगेर काम गरेका उनी विसं २०४१ मा राजकाज मुद्दामा दुई वर्ष जेल पनि परे । २०४६ को जनआन्दोलनमा उनी नेकपा (माले)को ‘प्रजातान्त्रिक आन्दोलन समन्वय समिति’ सचिवका रूपमा सक्रिय सहभागी भएपछि पार्टी राजनितिमा उदाएका थिए ।
विसं २०४७ मा एमाले गठन भएपछि उनी सुनसरी जिल्ला कमिटी सचिव भए । उनी २०५४ मा पार्टीको केन्द्रीय सदस्य बन्न सफल भए । विसं २०५७ मा पार्टी केन्द्रीय कार्यालय सचिव र २०५८ मा कोसी अञ्चल इन्चार्ज र प्रदेश स्थापना भएपछि प्रदेश १ को इञ्चार्जको जिम्मेवारी पाएका उनी नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सचिवमा निर्वाचित भएका थिए ।
नागरिकता मुद्दामा सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनी निर्वाचित चितवन निर्वाचन-२ मा उपनिर्वाचन हुने भएको छ। सर्वोच्च अदालतको आजको आदेशले उनको सां...
सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ । दलहरूबीच राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरूको सहमतिका बीच माओवादी केन्द्रको शुक्रबार ब...
सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनको समर्थनमा नाराबाजी शुरु भएको छ। सर्वोच्च परिसरमा उनका समर्थकहरूले नाराबाजी गरेका हुन्। उनीहरूले 'रवि दाइ हाइ...
सर्वोच्च अदालतबाट नागरिकता अवैध गएको ठहर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सबै सरकारी सुविधा छाडेका छन् । उनले राजीनामा दिएसँगै आजै सरकारी क्वार्टर पनि छाडेका हुन् । प्रधानमन्त्रीलाई र...
सर्वोच्च अदालतले अनागरिक ठहर गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएका छन्। आजै साँझ सर्वोच्चको आदेशपछि उनले प्रधानमन्त्री कार्यालय गएर राजीनामा दिएका उनका स्वकीय सचिव प्रका...
सर्वोच्च अदालतले रवि लामिछाने गैरनेपाली नागरिक रहेको फैसला गरेपछि अब उनी पार्टी सभापति पनि नरहने भएका छन्। गैर नेपाली नागरिक नेपालको पार्टीको सभापति वा अध्यक्ष हुन नपाउने निर्वाचन आयोगका एक उच्च अधिकारीक...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...