२४ असार २०८३, बुधबार

एभरेस्ट मिडियाद्वारा मानव सेवा आश्रमलाई सहयोग

मंसिर १२, २०७९
एभरेस्ट मिडियाद्वारा मानव सेवा आश्रमलाई सहयोग

पोखरास्थित एभरेस्ट एफएमले मानवसेवा आश्रम पोखराको भवन निर्माणार्थ सहयोग गर्ने भएको छ । 

एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफएमको दोस्रो वार्षिकोत्सवका अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा ‘एभरेस्ट कक्ष’ तयार गरिदिने भएको हो । यसका लागि ५ लाख ११ हजार १११ रुपैयाँ दिने प्रतिबद्धता व्यक्त गरेको आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिए ।

सहयोग रकममध्ये पहिलो किस्तास्वरूप १ लाख १ एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले आश्रमका कोषाध्यक्ष तिमिल्सिनालाई हस्तान्तरण गरिन् । 
    
आश्रमले बेसहारा, बेवारिसे तथा अभिभावकविहीन सडक आश्रित मानव राख्न पोखरा महानगरपालिका–२५ हेम्जास्थित बाबियातरामा भवन निर्माण गरिरहेको छ । यसअघि एफएमको शुभारम्भका अवसरमा २०७७ सालमा उसले मानवसेवा आश्रम पोखरालाई १ लाख ८ हजार ८४८ सहयोग गरेको थियो । 

एफएमका लगानीकर्ता दीपक कार्कीले पनि आश्रमका लागि थप अर्को एउटा कक्ष निर्माण गर्ने घोषणा गरे ।
    
यसैबीच आश्रमको भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष वृद्धिका लागि पोखरामा आउँदो पुस १२ गते चर्चित ब्याण्डको ‘नेपथ्य लाइभ कन्सर्ट’ गर्न लागिएको कोषाध्यक्ष तिमिल्सिनाले जानकारी दिए । ‘मानवताका लागि संगीत’ भन्ने नाराका साथ पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा नेपथ्य लाइभ कन्सर्ट हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्