माघ १६, २०७९
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमवार शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र...
काठमाडाैं | मंसिर १२, २०७९
केन्द्रमा बहुमत पुर्याउन सकस भइरहेको सत्ता गठबन्धन प्रदेश सभामा भने बहुमत उन्मुख देखिएको छ । लुम्बिनी प्रदेशमा लोकतान्त्रिक–वाम गठबन्धनको सहजरूपमा सरकार बनाउने निश्चित भएको हो ।
लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ । समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार ३ सय ९४ मत रहेको छ भने एमालेको मत ३ लाख ५४ हजार ३ सय ५६ मत रहेको छ । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति केही असफल भए पनि प्रदेश सरकार भने गठबन्धनकै बन्ने भएको भएको हो । कांग्रेस र माओवादीले एकलरुपमा लड्दा पनि जित्ने सम्भावना भएका क्षेत्रहरुमा यति ठूलो गठबन्धन हुँदा पनि प्रभावशाली नेताहरूले जित निकाल्न सकेनन् ।
प्रतिनिधि सभामा २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा नेपाली कांग्रेसले भागबण्डामा १४ क्षेत्र पाएकोमा ६ क्षेत्र मात्रै जितेको छ । नेपाली कांग्रेसले बलियो आधार मानेका र यसअघि पटकपटक चुनाव जितेका नवलपरासी २ का देवेन्द्रराज कँडेल, रुपन्देही ५ का भरत शाह, अर्घाखाँचीमा पुष्पा भुसाल, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह र रुपन्देही ३ मा बालकृष्ण खाणले फराकिलो मतान्तरले पराजय भोग्नुपर्यो ।
गठबन्धनमा ७ क्षेत्र पाएको नेकपा (माओवादी केन्द्र) ले ३ क्षेत्र मात्रै जितेको छ । यसअघि ७ क्षेत्रमा जितेको उसलाई ती क्षेत्र जोगाउन गठबन्धनको बलले समेत साथ दिएन । कपिलवस्तु १ मा माओवादी सचिव चक्रपाणी खनाल, बाँके १ मा संघीय मन्त्री महेश्वरजंग गहतराज, बर्दिया २ मा सुरेस पन्त यसअघि सो पार्टीले जितेका क्षेत्रमा पराजित भएका छन् । माओवादी कोटामै टिकट पाएका नेता घनश्याम भुसाल रुपन्देही १ मा फराकिलो मतान्तरले पराजित भए । माओवादीका लागि एमाले महासचिव शंकर पोखरेल हराउनु नै लुम्बिनीको ठूलो उपलब्धि बनेको छ ।
नेकपा (एकीकृत समाजवादी) ले भागबण्डमा पाएको ४ सिटमध्ये १ मा उम्मेदवारी खारेज भएर गुमेको छ भने ३ मध्ये १ सिटमा मात्रै विजयी भएको छ । पाल्पामा सोमप्रसाद पाण्डे, गुल्मीमा रामकुमारी झाँक्री बलियो गठबन्धन भएर पनि जित्न सकेनन् । तर, दाङमा मेटमणि चौधरी गठबन्धनको बलमा विजयी भए । गठबन्धनमा भएको जनमोर्चाले संघ र प्रदेशमा पाएको एक÷एक सिट गुमाएर रित्तै भएको छ । प्युठानमा दुर्गा पौडेललाई संघ तथा अर्घाखाँचीमा सागर केसीलाई प्रदेशमा भागबण्डामा उम्मेदवार बनाए पनि जित्न सकेनन् ।
अहिलेसम्म सार्वजनिक भएका मतपरिणाममा सबै प्रदेशमा प्रत्यक्षतर्फ एमालेभन्दा सत्ता गठबन्धनले धेरै सिट जितेको छ भने समानुपातिकमा पनि सत्ता गठबन्धनका दलहरूले पाएको मत एमालेको भन्दा बढी छ । प्रदेशको समानुपातिकमा सांसद पाउन कुल सदर मतको १.५ प्रतिशत थ्रेस होल्ड कटाउनु पर्छ । सबै प्रदेशमा अहिलेसम्म सत्ता गठबन्धनका तीन वटा दलले त्यो थ्रेस होल्ड पार गरिसकेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमवार शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन् । भरतपुरमा प्रेस युनियन चितवन शाखाले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपति...
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सहकारी क्षेत्रको वित्तीय व्यवस्थापनका विषयमा कुराकानी भएको छ । सोमवार प्रमुख शाहको कार्यकक्ष...
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीवार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रवार हुने गरी मिति तोकेको हो ।&n...
नियमावली मस्यौदा समितिको सोमवार बसेको बैठकले शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्रमा सदनलाई उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ । समितिले प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद ...
राष्ट्रिय योजना आयोगमा रिक्त ३ सदस्य नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सदस्यहरू नियुक्त गरेको हो । स्रोतका अनुसार सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्रबहादुर महतलाई नियुक्त गरिएक...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...