२८ जेठ २०८३, बिहीबार

चीनमा बीबीसीका गोरा पत्रकारले खाए कुटाइ (भिडियो)

मंसिर १२, २०७९
चीनमा बीबीसीका गोरा पत्रकारले खाए कुटाइ (भिडियो)

चीनमा लकडाउनका विरुद्ध भइरहेको प्रदर्शनको समाचार बनाउन पुगेका बीबीसीका एक पत्रकारलाई प्रहरीले पक्राउ गरेर कुटपिट गरेको आरोप लगाइएको छ । 

भीडमा हुँदा कोभिड लाग्न सक्ने भएकाले ती पत्रकारलाई जोगाउनका लागि नियन्त्रणमा लिइएको चिनियाँ प्रहरीले दाबी गरेको छ । 

शांघाई शहरमा एडवर्ड लरेन्स नामक पत्रकारलाई चिनियाँ अधिकारीहरूले घिसारेर लगेका थिए । घिसारिने क्रममा उनले साथीलाई चिच्याएर कन्सुलेटमा फोन गर भनेका थिए । 

लरेन्सलाई प्रहरीले कुटेर लात्ता पनि हानेको आरोप छ । उनलाई घन्टौंसम्म हिरासतमा राखिएको बताइएको छ ।

तर लरेन्सकै हितका लागि उनलाई नियन्त्रणमा लिइएको चिनियाँ प्रहरीको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्