२० असार २०८३, शनिबार

छाँयानाथ राराका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मंसिर १२, २०७९
छाँयानाथ राराका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छाँयानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्वर सारुसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सारूसहित उक्त नगरपालिकाका लेखा अधिकृत लोकेन्द्र रावत र प्राविधिक सहायक उमाकान्त भण्डारीविरुद्ध अख्तियारले सोमवार विशेष अदालतमा सार्वजनिक सम्पत्ति हिनामिना तथा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा उक्त नगरपालिकाबाट सञ्चालित हिउँदे फलफूल बिरुवा स्याउ, दाँते ओखर, च्याउको बिउ तथा जैविक विषादी खरिद वितरण कार्यक्रममा लक्ष्य बमोजिमको बिरुवा नल्याई झुट्ठा बील भरपाई पेश गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

हिउँदे फलफूल विरुवालगायतका सामग्री वितरण कार्यक्रममा बिरुवा खरिद गर्दा वास्तविक लागेको रकमभन्दा बढीको झुट्टा बिल र बिरुवा ढुवानीवापत भुक्तानी दिएको भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ । उनीहरूले २ लकः २३ हजार ११० रुपैयाँको झुट्टा बिल, भरपाई बनाई भुक्तानी लिई आफूलाई गैरकानूनी लाभ पुर्‍याएको अभियोगपत्रमा उल्लेख छ ।

त्यसबाहेक अर्को कार्यक्रममा १ लाख ६१ हजार रुपैयाँ हानीनोक्सानी गरेको अभियोगपत्रमा उल्लेख छ ।

पेश्की फर्छ्यौट गराउँदा नगरप्रमुखको अध्यक्षतामा बसेको बैठकको निर्णयानुसार बिरुवा वितरण गर्दा उठेको रकम बिरुवाको ढुवानीमा खर्च गरी सो बाहेक बिरुवा खरिदलगायत बाँकी कामको लागि मात्र नगरपालिकाको बजेटबाट भुक्तानी दिनुपर्नेमा पेश्की फर्छ्यौट गर्दा पेश गरिएको बिरुवा बुझेको भरपाइमा रकम उठाएको देखिँदा–देखिँदै उल्टो नगरपालिकाको तर्फबाट दोहोरो ढुवानी भुक्तानी गरिएको उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्