विश्वमा अहिले ८ मध्ये १ जना अर्थात् १ अर्बभन्दा बढी मानिस आप्रवासी रहेका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सोमवार सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ ।
यसमध्ये २८ करोड १० लाख अन्तर्राष्ट्रिय आप्रवासी र कैयौ लाख व्यक्ति राज्यविहीन छन् । जलवायु परिवर्तन, बढ्दो असमानता, द्वन्द्व, व्यापार र जनसंख्या वृद्धिले यस्ता प्रवृत्तिलाई तीव्र बनाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
शरणार्थी र आप्रवासीहरूको स्वास्थ्य अधिकार र आवश्यकताहरू प्रदान गर्न स्वास्थ्य कार्यबलको महत्त्वपूर्ण भूमिका छ । शरणार्थी र आप्रवासी स्वास्थ्य समस्याहरूलाई पर्याप्त रूपमा सम्बोधन गर्न व्यावसायिक क्षमता निर्माण गर्न देश र क्षेत्रहरूलाई सहयोग गर्ने उद्देश्यका साथ डब्ल्यूएचओले क्षमता–निर्माणमा ध्यान केन्द्रित गर्दै बंगलादेशको ढाकामा शरणार्थी र आप्रवासी स्वास्थ्यमा आफ्नो वार्षिक विश्वव्यापी सम्मेलनको तेस्रो संस्करण आयोजना गर्दैछ ।
‘आप्रवासन र विस्थापनले शारीरिक र मानसिक स्वास्थ्य र कल्याणमा गहिरो र दीर्घकालीन प्रभाव पार्न सक्छ, र सांस्कृतिक र भाषिक भिन्नता, वित्तीय अवरोध, कलंक र भेदभावले शरणार्थी र आप्रवासीहरूको स्वास्थ्य सेवाको पहुँचमा बाधा पुर्याउन सक्छ,’ डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने ।
‘यी अवरोधहरू पार गर्न मद्दत गर्न स्वास्थ्यकर्मीहरूको महत्त्वपूर्ण भूमिका छ । शरणार्थी र आप्रवासी स्वास्थ्यमा ‘डब्ल्यूएचओ ग्लोबल स्कूल अफ रिफ्युजी एण्ड माइग्रेन्ट’ स्वास्थ्यकर्मीहरूको क्षमता निर्माण गर्न एक बहुमूल्य स्रोत हो,’ उनले भने ।