०३ साउन २०८३, आइतबार

विश्वकपको अन्तिम १६ मा ब्राजिल

मंसिर १३, २०७९
विश्वकपको अन्तिम १६ मा ब्राजिल

विश्वकप दाबेदारमध्ये एक ब्राजिल जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह चरणको  दोस्रो खेलमा स्वीजरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

 ब्राजिललाई जित दिलाउन कासिमेरोले निर्णायक गोल गरे । ब्राजिलका लागि उनले खेलको ८३औं मिनेटमा गोल गरेका हुन् । जितसँगै समूह जी को ब्राजिलले दुई खेलबाट ६ अंक जोड्दै अघिल्लो चरणमा पुगेको हो । 

salt training

कमेन्ट गर्नुहोस्