०३ साउन २०८३, आइतबार

​इरान : सत्ताविरोधी प्रदर्शनमा ३०० भन्दा बढीको मृत्यु

मंसिर १३, २०७९
​इरान : सत्ताविरोधी प्रदर्शनमा ३०० भन्दा बढीको मृत्यु

इरानका एक सैन्य जनरलले देशभरि भइरहेका विरोध प्रदर्शनमा ३०० भन्दा बढी मानिसको मृत्यु भएको स्वीकार गरेका छन् । 

दुई महिनायता भएका प्रदर्शनमा हताहत भएका मानिसबारे पहिलोपटक आधिकारिक भनाइ आएको हो । 

ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान नामक संस्थाले यसभन्दा निकै बढी संख्यामा मानिसहरू मारिएको बताएको छ । देशको नैतिकता प्रहरीको नियन्त्रणमा रहेकी एक युवतीको मृत्युपछि इरानमा भएको सरकारविरोधी प्रदर्शनलाई उक्त संस्थाले ट्य्राक गर्दै आएको छ । 

उक्त समूहका अनुसार, सेप्टेम्बर महिनामा शुरू भएको प्रदर्शनमा ४५१ विरोधकर्ता र ६० जना सुरक्षाकर्मी मारिएका छन् । अनि १८ हजारभन्दा बढी मानिस हिरासतमा छन् । 

माहसा अमिनी नाम गरेकी २२ वर्षीया युवतीको मृत्युपछि भएको प्रदर्शनले इस्लामिक शासकहरूलाई सत्ताच्युत गराउन खोजेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्