१० साउन २०८३, आइतबार

'सुकुम्बासी बस्तीमा डोजर चलाउनु मानवीय अपराध'

मंसिर १३, २०७९
'सुकुम्बासी बस्तीमा डोजर चलाउनु मानवीय अपराध'

राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले सुकुम्बासी बस्तीमा डोजर चलाउनु ‘कानून ठाडो उल्लंघन एवं मानवीय अपराध’ भएको बताएको छ । थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले सोमवार डोजर चलाएको विषयमा धारणा सार्वजनिक गर्दै मञ्चले भूमिहीन, सुकुम्बासीहरूको बासका लागि वैकल्पिक व्यवस्था नभएसम्म डोजर नचलाउन पनि भनेको छ । 

मंगलवार विज्ञप्ति जारी गर्दै मञ्चले सार्वजनिक जग्गामा अव्यवस्थित बसोबास शुरु हुनु सुकुम्बासीहरूको मात्र कमजोरी नभई सरकारको पनि कमजोरी भएको उल्लेख गरेको छ । समयमा व्यवस्थित बसोबासको व्यवस्था नगरेकाले सुकुम्बासी बस्तीहरू बनेको उल्लेख गर्दै मञ्चले भूमिहीन नागरिकको बासको व्यवस्थापन गर्नु सरकारको दायित्व भएको उल्लेख गरेको छ । 

मञ्चले सुकुम्बासीहरूको कानूनी अधिकारलाई बेवास्ता गरी मनपरी ढंगले भइरहेको डोजर चलाउने काम तत्काल रोकी पीडितहरूलाई उचित क्षतिपूर्तिसहितको व्यवस्थापन र कानून उल्लंघन गर्ने निकाय तथा व्यक्तिलाई कारबाही गर्न पनि माग गरेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्