१३ असार २०८३, शनिबार
सुकुम्वासी समस्या

बस्तीमा डोजर चलाएर उठिबास लगाउन थालेपछि थापाथलीका सुकुम्वासीहरू सडक आन्दोलनमा [फोटोसहित]

मंसिर १३, २०७९
बस्तीमा डोजर चलाएर उठिबास लगाउन थालेपछि थापाथलीका सुकुम्वासीहरू सडक आन्दोलनमा [फोटोसहित]

काठमाडौं थापाथलीस्थित बागमती नदी किनारका सुकुम्वासीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । धेरै संख्यामा जम्मा भएका सुकुम्वासीहरूले आफूहरूलाई सुकुम्वासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । 

काठमाडौं महानगरपालिकाले सोमवार सुकुम्वासी बस्ती हटाउनका लागि डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो । महानगरपालिकाको कदमप्रति सुकुम्वासीहरूले प्रतिरोध गर्दा केही महानगर प्रहरीहरू घाइतेसमेत भएका थिए । नाराबाजीसहित महानगरपालिका पुगेका सुकुम्वासीहरूले महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बिरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरूले ‘सुकुम्वासी एक हौँ, बालेन साह होसियार, सूचना आतंक बन्द गर’लगायतका नाराबाजी गरेका थिए ।

‘भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर, टहरा जबरजस्ती हटाउनका लागि प्रकाशित सूचनाको विरुद्ध बृहत खबरदारी र्‍याली’ नाम दिइएको विरोध प्रदर्शनमा निधारमा कालोपट्टी बाँधेर प्रदर्शनकारी उपस्थित भएका थिए । सुकुम्वासी सम्वद्ध दुई दर्जनभन्दा बढी संघ, संगठन र मोर्चाहरूको नाममा विरोध प्रदर्शन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्