०९ असार २०८३, मंगलबार

भारत : कांग्रेस नेताले प्रधानमन्त्री मोदीलाई भने ‘रावण’

मंसिर १३, २०७९
भारत : कांग्रेस नेताले प्रधानमन्त्री मोदीलाई भने ‘रावण’

भारतको गुजरात राज्यमा विधानसभा निर्वाचनका लागि प्रचार गर्ने क्रममा कांग्रेस नेता मल्लिकार्जुन खडगेले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि शाब्दिक आक्रमण गरेका छन् । 

अहमदाबादमा सोमवार एक जनसभालाई सम्बोधन गर्दै खडगेले भने, ‘रावणको जस्तै मोदीको पनि १० वटा मुख छन् ? म बुझ्दिनँ ।’

आइतवार पनि खडगेले अर्को जनसभामा मोदीलाई अछुत र झूट बोल्नेहरूका सरदार भनेका थिए । 

ताजा बयानमा खडगेले भने, ‘प्रधानमन्त्री भन्छन् कहीँ अन्त हेर्नै पर्दैन । मोदीलाई हेरेर भोट दिए हुन्छ भन्छन् । कतिचोटि तिम्रो मुख हेर्ने ? कर्पोरेसनको चुनावमा तिम्रो मुख हेरिसक्यौं । विधानसभा चुनावमा, लोकसभा चुनावमा पनि हेरिसक्यौं । तिम्रा पनि रावणको जस्तो १०० मुख छन् ? मैले बुझ्न सकेको छैन ।’

भारतीय जनता पार्टीका प्रवक्ता संवित पात्राले खडगेको बयानमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई रावण भन्नु घोर अपमान भएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्