२८ जेठ २०८३, बिहीबार

‘अब सलमान र शाहरुखका फिल्म चल्दैनन्’

कात्तिक २०, २०७४
‘अब सलमान र शाहरुखका फिल्म चल्दैनन्’

भारतीय अभिनेता अजय देवगनले बलिउडमा सलमान र शाहरुख खान फ्लप हुँदै गएको दाबी गरेका छन् ।

आफ्नो आगामी फिल्म बादशाह ल्याउने तयारी गरिरहेका अजयले एक अन्तरवार्तामा सलमान र शाहरुखको फिल्म अब भारतीय फिल्म उद्योगमा फ्लप हुने दाबी गरेका हुन् । उनले अव उनीहरुका दिन सकिएको भन्दै खानहरुको फिल्म नचल्ने दाबी गरे ।

सलमानको ट्युवलाइट र शाहरुखको जब ह्यारी मेट सेजल फिल्मले सोचे अनुरुप सफलता नपाएपछि भारतीय फिल्म उद्योगमा सलमान र शाहरुखको क्रेज घटेको विश्लेषण हुने गरेको छ जसलाई अजयले पनि दोहोराएका हुन् ।
अजय देवगनले निकै फिल्महरु खेलेपनि पछिल्ला दिनहरुमा उनका फिल्मले पनि त्यति सफलता पाउन सकेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्