१३ असार २०८३, शनिबार

मापसे गरी टाटा सुमो चलाउने चालकलाई अभद्र व्यवहारको मुद्दा

मंसिर १३, २०७९
मापसे गरी टाटा सुमो चलाउने चालकलाई अभद्र व्यवहारको मुद्दा

काठमाडौंको फर्पिङबाट  पक्राउ परेका सुमो चालकलाई अभद्र व्यवहार मुद्दा चलाइएको छ । सोमबार पक्राउ परेका चालकमाथि मंगलबार मुद्दा चलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

मदिरा सेवन गरि ना १ ज ८४ ६९ नम्बरको भाडाको टाटा सुमो चलाउँदै गरेका काभ्रेपलाञ्चोकको पनौती घर भएका ४४ वर्षीय चालक नवराज केसीलाई पक्राउ गरेर प्रहरी वृत कीर्तिपुरमा बुझाएको थियो । पक्राउ परेका केसीमाथि अभद्र व्यवहार मुद्धामा  ५ दिनम्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको छ ।  

  यस्तै, काठमाडौंको बौद्ध दक्षिण ढोकाबाट हिजो सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा सहभागी हुन परीक्षा हल भित्र प्रवेश गर्दै गरेका एक जना नक्कली प्रशिक्षार्थीलाई पनि आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त बौद्धमा बुझाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्