१० साउन २०८३, आइतबार

उत्तर प्रदेशमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु

मंसिर १४, २०७९
उत्तर प्रदेशमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

भारतको उत्तर प्रदेशस्थित फिरोजाबादमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।

इलेक्ट्रिक्स र फर्निचर उद्योगमा भएको आगलागीमा परेर ६ जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिरोजाबादका एसपी आशीष तिवारीले इन्भर्टर सर्ट हुँदा आगलागी भएको जनाएका छन् । आगलागीलाई नियन्त्रणमा लिन १८ दमकल र १२ चौकीका प्रहरी परिचालन भएका थिए । 

मुख्यमन्त्री योगी आदित्यनाथले मृतक परिवारलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्