चैत ५, २०७९
बुटवलस्थित न्यू होराइजन आवासी अंग्रेजी माध्यमिक विद्यालयले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई सम्मान गरेको छ । आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी,...
कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘ए’बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् ।
मंगलवार राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।
नेदरल्यान्डस समूह ‘ए’को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ मा पुगेका हुन् । समूहबाट आयोजक कतार र इक्वेइडर प्रतियोगिताबाट बाहिरिएका छन् ।
कतारको अलबायत स्टेडियमा घरेलु टोली कतारलाई २–० गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स विजयी भयो । खेलको २६औं मिनेटमा नेदल्यान्ड्सका कोडी गाप्कोले गोल गर्दै शुरूआती अग्रता लिए । खेलको पहिलो हाफसम्म १–० गोलले अग्रता लिएको नेदरल्यान्ड्सले खेलको दोस्रो हाफमा पनि १ गोल थप्यो ।
खेलको ४८औं मिनेटमा नेदरल्यान्ड्सका अर्का खेलाडी फ्रेन्की डे जोङले गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । यससँगै नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोड्यो ।
कतारको खलिफा रंशालामा मंगलवार राति नै भएको अर्को खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । सेनेगल यस विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी राष्ट्रसमेत बन्यो । खेलको पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमार्फत अग्रता लियो ।
इस्माएला सारले खेलको ४४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगललाई पहिलो अग्रता दिलाए । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी दिएको थियो ।
खेलको दोस्रो हाफको ६८औं मिनेटमा इक्वेइडरका मोइसेस काइसेडोले १ गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए तर खेलको ७०औं मिनेटमा सेनेगलका कालिडु कौलीबालीले १ गोल थप्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । सेनेगलले ३ खेलमा २ जीतसहित ६ अंक जोड्यो ।
यता इक्वेइडर ४ अंकसहित तेस्रो तथा कतार विना अंक चौथो स्थानमा रह्यो ।
बुटवलस्थित न्यू होराइजन आवासी अंग्रेजी माध्यमिक विद्यालयले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई सम्मान गरेको छ । आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी,...
कञ्चनपुरको भीमदत्त नगरपालिकाले २ राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही १ लाख ५१ हजार नगद उपलब्ध गराउने भएको छ । क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरुस्कृत गर्ने भएको हो । दुवै ख...
सोमवार सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुर्याउन सफल भएको भन्दै प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान ...
बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ । बुटवल– ११ देवीनगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले दोसल्ला ओढाएर सम्म...
विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । नेपाललाई विश्वकप छनोटमा पु¥याउन महत्त्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीक...
भारत भ्रमणमा रहेको अष्ट्रेलियाले शानदार जीत दर्ता गरेको छ । तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियाले भारतलाई शर्मनाक १० विकेटको हार चखाएको हो । टस जितेर अष्ट्रेलियाले फिल्डिङ रोजे...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...