माघ १४, २०७९
आगामी कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिता संयुक्त राज्य अमेरिकाले आयोजना गर्ने भएको छ। जसमा दक्षिण अमेरिकाका १० टोली र उत्तर, मध्य अमेरिका र क्यारेबियनका छ वटा टोलीहरू सहभागी हुने भएका छन्। इक्वेडरले श...
कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘बी’बाट इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् ।
समूह ‘बी’को तेस्रो तथा अन्तिम निर्णायक खेलमा मंगलवार राति इंग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।
इंग्ल्यान्डले वेल्सलाई ३–० गोलअन्तरले हरायो । इंग्ल्यान्डका लागि मार्कुस राषफोर्डले २ गोल गरे भने फिल फोडेनले १ गोल गरे । खेलको ५०औं मिनेटमा राषफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई शुरूआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५२औं मिनेटमा फोडेनले गोल गर्दै इंग्ल्याण्डलाई २–० को अवस्थामा पुर्याए । खेलको ६८औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई ३–० को सहज जीत दिलाए ।
जीतसँगै इंग्ल्यान्ड समूह ‘बी’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्याण्ड ३ खेलमा ७ अंक जोड्दै शीर्षस्थानमा छ । वेल्स भने १ अंक जोडेर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
कतारको अलथुमामा रंगशालामा सम्पन्न अर्को खेलमा इरानलाई १–० गोलअन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको जीतमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८औं मिनेटमा गोल गरेका थिए । जीतसँगै अमेरिका समूह ‘बी’को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
अमेरिकाले ३ खेलबाट ५ अंक जोडेको छ । इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
आगामी कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिता संयुक्त राज्य अमेरिकाले आयोजना गर्ने भएको छ। जसमा दक्षिण अमेरिकाका १० टोली र उत्तर, मध्य अमेरिका र क्यारेबियनका छ वटा टोलीहरू सहभागी हुने भएका छन्। इक्वेडरले श...
पाँचौं संस्करणको सम्झना कप टेबल टेनिस प्रतियोगिता माघ तेस्रो साताबाट लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेभएको छ । ललितपुर टेबल टेनिस क्लवले आइतवार पत्रकार सम्मेलन गरी टेबल टेनिस प्रतियोगिता म...
शुक्लाफाँटा नगरपालिका-४ पिपलाडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको ६५औँ बार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा मौलिक नृत्य प्रस्तुत गर्दै विद्यालयका छात्रा । तस्बिरः रासस
नेपाली सेनाले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ । कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडकोे प्रवर्द्धन र खेलकुद क्षेत्रको विका...
भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र आफू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा भएको &ls...
पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको आज भएको फाइनलमा खेलाडीमाथि बोतल प्रहार भएको छ । पोखराको रंगशालामा आयोजित उक्त खेलमा आज गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको फाइनल खेल चलिरहेको थियो । खोँ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...