२३ असार २०८३, मंगलबार

समानुपातिकका १ करोड मतगणना हुँदासम्म एकीकृत समाजवादीले पुर्‍याउन सकेन ३ लाख मत

मंसिर १४, २०७९
समानुपातिकका १ करोड मतगणना हुँदासम्म एकीकृत समाजवादीले पुर्‍याउन सकेन ३ लाख मत

प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकमा ३% मत ल्याउनुपर्छ । तर सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले समानुपातिकका १ करोड मतगणना हुँदा समेत ३% अर्थात् ३ लाख मत पुर्‍याउन सकेको छैन ।

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड २६ हजार ९६४ मतगणना भइसकेको छ । जसमा एकीकृत समाजवादीले २ लाख ८२ हजार ३५१ मत मात्रै पाएको छ ।

निर्वाचन आयोगका अनुसार मतगणनामा नेकपा एमालेले सर्वाधिक २६ लाख ९९ हजार ७१८ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५७ हजार ५९६ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले ११ लाख ४४ हजार ६५ मत पाएको छ ।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ३२१ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ७५६ मत, जनता समाजवादी पार्टी नेपालले ३ लाख ९३ हजार ६८२ मत, जनमत पार्टीले ३ लाख ५४ हजार ३९० मत पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ४१९ मत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४८ हजार ५१२ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्