०६ असार २०८३, शनिबार

बारामा एक युवक हत्या, गाडेको अवस्थामा भेटियो शव

मंसिर १४, २०७९
बारामा एक युवक हत्या, गाडेको अवस्थामा भेटियो शव

बारा जिल्लाको कोहल्बी नगरपालिका-११ रामकुरुवामा एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ । स्थानीय ४० वर्षीय परीक्षण चौधरीको शव बुधवार बिहान गाडेको अवस्थामा फेला परेको हो । 

स्थानीयबासीले उनको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव उत्खनन् गरेर हेर्दा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए । 

प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको एसपी बोगटीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्